Skip to main content

मधेश आन्दोलन पहिलो, दोस्रो र तेस्रो कसरी भयो । Madhesh Movement 1st, 2nd & 3rd

अवहेलनाको मुद्दाले ब्युँझियो सरकार : शुक्रबारबाट सहर कुरुप पार्ने सबै संरचना हटाइने

अवहेलनाको मुद्दाले ब्युँझियो सरकार : शुक्रबारबाट सहर कुरुप पार्ने सबै संरचना हटाइने

सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दायर भएपछि गृहमन्त्री रामबहादुर थापा 'बादल' आफै कुरुप बनाउने गरी राखिएका होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, तारलगायतका सामाग्री हटाउन सक्रिय भएका छन् । बिहीबार गृह मन्त्रालयमा गृहमन्त्री थापासहित काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्य, प्रहरी प्रमुख सर्वेन्द्र खनाललयायत सरोकारवाला पक्षको बैठक नै बसेर शुक्रबारबाट सहरलाई कुरुप बनाउने गरी राखिएका त्यस्ता संरचना हटाउने निर्णय गरेको छ ।

बैठकले शुक्रबारबाट नै काठमाडौँ महानगरपालिकाभित्र ४ समुह नै बनाएर होर्डिङ बोर्ड, पर्चा, पम्पलेट, पोस्टर, भित्तेलेखन हटाउन सुरु गर्ने तथा अन्य स्थानिय तहको हकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत निर्देशन दिई कारवाही अघि बढाउने निर्णय गरेको छ । यस्तै बैठकले अव्वस्थितरुपमा राखिएका टेलिफोन, केबल तथा ईन्टरनेट सेवाप्रदायकका तारहरु हटाउन समयसिमा तोकि सार्वजनिक सूचना जारी गर्ने र तोकिएको अवधिभित्र नहटाए त्यस्ता तारहरुलाई काटेर हटाउने निर्णय पनि गरेको छ । बैठकमा गृहमन्त्री थापाले नागरिकको स्वास्थ्य र नगरको पर्यावरणीय सुन्दरता कुरुप बनाउने गरी राखिएका संरचना हटाइन प्रतिवद्धता जाहेर गरेका छन् । मेयर शाक्यले पनि महानगरपालिका भित्र त्यस्ता संरचना हटाउन सुरु गर्ने प्रतिवद्धता जनाए । सरकारले देशभरका सहरमा रहेका त्यस्ता संरचना हटाउनका लागि जिलला प्रशासन कार्यालयलाई परिपत्र पनि गर्ने भएको छ ।

१६ भदौ ०७२ मा सर्वोच्चका तत्कालीन प्रधानन्यायधीश कल्याण श्रेष्ठ र न्यायाधीश ओमप्रकाश मिश्रको सयुक्त इजलासबाट अनधिकृतरुपमा राखिएका होडिङ्ग बार्ड, विज्ञापन बोर्ड लगायत हटाउन फैसला भएको थियो । तर, सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि गत १३ मंसिरमा अवहेलनाको मुद्दा दायर भएको थियो । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयबाट ११ पटक फैसला कार्यान्वयन गर्न ताकेता भएता पनि कार्यान्वयन नभएपछि अधिवक्ता पदमबहादुर श्रेष्ठले गृहमन्त्री थापा, वन तथा वातावरण मन्त्री शतिmबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्दयेश त्रिपाठी, महानगर प्रमुख शाक्य लगायतलाई विपक्षी बनाएर अवहेलनाको मुद्दा दायर गरेका थिए । 

सर्वोच्चको फैसला कार्यान्वयनमा अटेरी गरिरहेको सरकार सर्वोच्चमै अवहेलनाको मुद्दा दायर भएपछि तातिएको छ । यसअघि नै महानगर प्रमुख शाक्यले सहर कुरुप पार्ने संरचना हटाउनका लागि ७ दिनको म्याद समेत दिएका थिए । सो म्यादभित्र पनि ति संरचना नहटाएपछि सरकार आफै हटाउन समूह नै बनाएर खटिने भएको हो । अधिवक्ता श्रेष्ठले सरकारबाट नै अदालतको अवहेलना गरेकाले भन्दै विपक्षीलाई अदालत समक्ष हाजिर गराउन र लामो समयसम्म फैसला कार्यान्वयन नगरेकाले कैद तथा जरिवाना गर्न समेत समेत माग गरेका थिए । उनले अवहेलनाको मुद्दा दायर गर्दा सर्वोच्च अदालतमै काठमाडौंका विभिन्न ठाउँका सयभन्दा बढी फोटो खिचेर सर्वोच्चमा बुझाएका छन् ।
फैसलामा के भनिएको थियो ?

‘काठमाडौं महानगरपालिकालाई वातावरणीय रुपमा स्वच्छ, स्वस्थ्य, सफा र सुन्दर बनाउन सरकारका केन्द्रिय तथा स्थानीय निकाय, प्रहरी, वातावरण संरक्षणको क्षेत्रमा क्रियासिल संस्थाहरु र नागरिक समेतको समन्वयात्मक प्रयासवाट शहरका घर, पर्खाल, छत, विजुलीको पोल र सडकका डिभाईडरमा रहेका पर्चा पम्प्लेट, भित्ते लेखन, अनधिकृतरुपमा राखिएका होडिङ्ग  बार्ड, विज्ञापन बोर्ड लाई हटाई पुनःप्रयोग गर्न नदिन आवश्यक निवारणत्मक व्यवस्था गर्नु, साथै बातावरण संरक्षणका लागी राज्य संयन्त्रका निकायहरु एवं निवेदक जस्ता वातावरण सम्बन्धी संस्थाहरु, नागरिक समाज र सर्वसाधारण समेतको सहयोग र समन्वयमा जनचेतना जगाउने तथा सामुहिक सहभागिता गर्ने गराउने लगायतका कार्यक्रमहरु तर्जुमा गरी कार्यान्वयन गर्नु, गराउनु भनी विपक्षीहरुको नाऊमा परमादेश जारी हुने ठहर्छ ।

Comments

Popular posts from this blog

माइती नेपाल इतिहास । Maiti Nepal History

माइती नेपाल (नेपाली: माइती नेपाल) नेपालमा एक गैर नाफामुखी संस्था हो जुन यौन बेचबिखनको पीडितलाई सहयोग गर्न समर्पित छ।  हाल यसले काठमाडौंमा पुनःस्थापना गृह, साथै भारत  नेपाल सीमा शहरहरूमा ट्रान्जिट घरहरू, ग्रामीण इलाकाहरूमा निवारक घरहरू र काठमाडौंको एकेडेमी सञ्चालन गर्दछ। 'मैती' शब्दको अंग्रेजीमा शाब्दिक व्याख्या छैन तर नेपाली भाषामा 'मैती' शब्दको अर्थ केटीको जन्म आमा बुबाको घर हो।  यो शब्दले नेपालको महिला जनसंख्याको लागि भावनात्मक महत्त्व राख्दछ "विशेष गरी विवाहित नेपाली महिलाको लागि जसलाई अब आफ्ना बाबुआमा र उसको सम्पत्तीप्रति कुनै अधिकार हुँदैन"। एकपटक केटीले अर्को पुरुषसँग विवाह गरेपछि उनी पतिको स्थायी सदस्य बन्छन्।  परिवार  उनका पति र उनको नयाँ परिवारको सबै दायित्व छन्।  यो संस्था सबै केटी, महिला र बालबालिकाको घर हो जुन उनीहरूको परिवार र समाजमा स्वीकार्य छैन, त्यसैले यस एनजीओलाई "माइती" नेपाल भनेर नामाकरण गरिएको छ जसमा एक छोरीले आफ्नो जन्म आमाबाबुले पाउने प्रेम र स्नेहको प्रतीक हो।   ईतिहास घरेलु हिंसा, सरिरको व्यापारका लागि बेचबिखन, बाल वेश्यावृत्

मधेश आन्दोलन पहिलो, दोस्रो र तेस्रो कसरी भयो । Madhesh Movement 1st, 2nd & 3rd

             मधेश आन्दोलन    मधेस आन्दोलन एक राजनीतिक आन्दोलन हो जुन विभिन्न राजनीतिक दलहरू, खासकर मधेसमा रहेका मधेसी र थारु, मुसलमान र जनजाति समुहको समान अधिकार, मर्यादा र पहिचानका लागि शुरू गरिएको हो। झन्डै एक दशकमा, नेपालले तीन मधेस आन्दोलनहरू देख्यो ;  -पहिलो मधेस आन्दोलन २००७ मा शुरु भयो,  -दोस्रो मधेस आन्दोलन २००८ मा र  -तेस्रो मधेस आन्दोलन  २०१५  मा २००७ मा रमेश महतो लाहानमा पहिलो मधेसी शहीद हुनुभयो र दिनदयाल मण्डल विराटनगरमा दोस्रो मधेसी शहीद हुनुभयो र ४५ मधेसी शहीदहरू नेपालमा छन्।  ईतिहास र स्थिति   मधेस आन्दोलनलाई प्रोत्साहित गर्न सन् १९९० को संविधानको बारेमा छलफल महत्वपूर्ण भयो जुन उच्च जातीको सांस्कृतिक र भाषिक श्रेष्ठतालाई त्याग्ने थियो।   पहिलो मधेश आन्दोलन   पहिलो मधेस आन्दोलन  २००७ मा नेपालको दक्षिणी मैदानमा शुरू भयो । पहिलो मधेस आन्दोलनको सुरुवातको बारेमा, पत्रकार अमरेंद्र यादवले द राइजिंग नेपालमा लेखेका थिए । जब मूलधारका राजनीतिक पार्टीहरू र नेकपा  माओवादीको सात पार्टीको गठबन्धनले २००७ मा संयुक्त रूपमा अन्तरिम संविधानको घोषणा गर्‍यो

नेपालमा बौद्ध धर्म र बौद्ध धर्मको इतिहास । Buddhism In Nepal and History of Buddhism

नेपालमा बौद्ध धर्म भारतीय र तिब्बती मिसनरीहरू मार्फत अशोकको शासनकालदेखि नै फैलिन थाल्यो।  किरातहरू नेपालका पहिलो व्यक्तिहरू थिए जसले गौतम बुद्धको शिक्षा ग्रहण गरे, त्यसपछि लिचाविस र नेवारहरू। बुद्ध शाक्य राज्यको लुम्बिनीमा जन्मे।  लुम्बिनी नेपालको लुम्बिनी क्षेत्र, वर्तमान रुपन्देही जिल्लामा पर्दछ। बुद्धवाद नेपालको दोस्रो ठूलो धर्म हो।  २००१ को जनगणना अनुसार नेपालको १०.७४ % जनसंख्याले बौद्ध धर्मको अभ्यास गर्‍यो, मुख्यतया तिब्बतो-बर्मन भाषी जातीय नेवारहरू थिए। २०११ को जनगणनामा बौद्धहरूले देशको ९ % जनसंख्या मात्र पाए।  बुद्धको जन्म नाम राजकुमार सिद्धार्थको जन्म भएको वर्ष निश्चित रुपमा प्रदान गर्न सम्भव छैन, यो प्रायः ईसापूर्व ५६३ राखिन्छ।  नेपालको पहाडी र हिमाली क्षेत्रहरुमा हिन्दू धर्मले बौद्ध धर्मलाई यति सम्म आत्मसात गरेको छ कि धेरै जसो अवस्थामा उनीहरुका देवीदेवता र मन्दिर पनि छन्।  उदाहरणका लागि, मुक्तिनाथ मन्दिर पवित्र छ र दुबै हिन्दू र बौद्धहरूका लागि साझा घर। इतिहास बुद्धको जन्म नेपालमा राजकुमार सिद्धार्थको रूपमा भएको थियो।  उनले वर्तमान बिहार, भारतको बोधगयामा बोधि रूखमुनिको ज्ञान