Skip to main content

मधेश आन्दोलन पहिलो, दोस्रो र तेस्रो कसरी भयो । Madhesh Movement 1st, 2nd & 3rd

भारतीय पक्षद्धारा पुर्व पश्चिम करिव १० मिटर अग्लो बाँध निर्माण गर्दा बर्षेणी बर्षा याममा नेपाली क्षेत्र डुवानमा परेर ठूलो आर्थिक क्षति हुने गरेको हो ।

२ सय मिटर दशगज्जा क्षेत्र अतिक्रमण गरेर बाँध बनाएको भारतीय 
पक्षद्धारा स्वीकार, चाडै खाली गराउन संकेत दिएको खुलासा गरे प्रजिअ घिमिरे।

प्रभात कुमार झा। 
रौतहट, २३ असार । नेपाल भारतको संयुक्त सर्वे टोलीले जिपिएस प्रविधिबाट नाँपजाँच गर्दा भारतीय पक्षद्धारा करिव २ मिटर दशगज्जा क्षेत्र मिचेर बाँध बनाइएको प्रमाणित भएको छ ।
 करिव २० बर्ष अघि नेपाल भारत सिमामा पर्ने रौतहटको इशनाथ नगरपालिकाको बन्जरहा नजिक दशगज्जा क्षेत्रमै भारतीय पक्षद्धारा पुर्व पश्चिम करिव १० मिटर अग्लो बाँध निर्माण गर्दा बर्षेणी बर्षा याममा नेपाली क्षेत्र डुवानमा परेर ठूलो आर्थिक क्षति हुने गरेको हो । 

 स्थानीयद्धारा पटक पटक नेपाल सरकार संग दशगज्जामा बनाइएको अग्लो बाँध भत्काउन आग्रह गर्दा पनि बल्ल दुई दिन अघि नेपाल भारतको ज्वाइन्ट सर्वे टोलीले विपिएस प्रविधिबाट नापजाँच गरेर ११ स्थानमा अस्थायी रुपमा जिआई फलामको पाइप गाडेर रेखाँक्न गर्दा करिव भारतले २०० मिटर सिमा मिचेको प्रमाणित भएका छन् ।

 ६२ बर्षिय स्थानीय राजेन्द्र सिंहले बन्जरहा गाउँ देखि पूर्वमा रहेको लाल बकैया नदीमा भारतीय सरकारको लगानीमा निर्माण भईरहेको उत्तर दक्षिण बाँधको समयमा भारतीय क्षेत्रलाई जोगाउनका लागि करिव २० बर्ष अघि उक्त बाँध देखि दिएर करिव दुई किलोमिटर पश्चिम सम्म एकतर्फी रुपमा बाँध बनाएपछि मात्रै बन्जरहा गाउँ डुवानमा परेको बताए । यत्रो समय देखि बाँधको कारण अनाहकमा बन्जरहा गाउँ प्रत्येक बर्ष बर्षा यममा डुवानमा परेर करिव तिन महिना सम्म गाउँ भन्दा बाहिर निस्कने अवस्था नरहेको उनले गुनासो गरे ।

 हरेक बर्ष भारतीय पक्षद्धारा दशगज्जामा बनाइएको बाँधलाई स्तरवृद्धि गरेर मर्मत गर्ने गरेको हुँदा हामीहरु झन् असुरक्षित हुदै गएको भएपनि हाम्रो सरकारबाट आफनो नागरिकलाई सुरक्षीत रख्न कुनै ठोस पहल नगर्दा यहाँका जनताहरु बर्षेणी बाढी र डुवानबाट लाखौ क्षति बेहोर्न बाध्य रहेको समेत उनले भने ।

 स्थानीय बासिन्दाहरुको निकै प्रयास पछि भारतीय टोलीको अनुराग कुमार र नेपाली टोलीको उमेश कुमार सहितको प्राविधिक टोलीले जिपिएस प्रविधिबाट नक्साको पहिचान गरेर सिमा क्षेत्रको ११ स्थानमा अस्थायी रुपमा पिलर गाडीएको बताइएको छ । ज्वाइन्ट टोली संग सशस्त्र प्रहरीको विओपी औरैयाका इन्सपेक्टर हरी प्रसाद केसी, नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक सुरेश प्रसाद गुप्ता र भारत मोतिहारी ढाकाको एसडिएम ज्ञानप्रकार, एएसडिएम संजय कुमारको ज्वान्ट टोलीले नापजाँच गरिएर जिआई पाइप गाडेर रेखाँक्न गरिएको बताइएको छ ।

 विवादित रहेको पिलर नम्वर ३४६÷५ देखि ३४६÷७ को विचमा ३ वटा अस्थायी पिलर र ३४६÷६ देखि ३४६÷७ सम्म ८ वटा अस्थायी रुपमा साँकेतिक चिन्ह खडा गरिदा करिव २०० मिटर सम्म दशगज्जा क्षेत्रलाई मिचेर बाँध भारतीय पक्षद्धारा बनाइएको पाइएपछि माथिल्लो स्तरको निर्णय पछि बर्षा सिजन सके पश्चात अतिक्रमित क्षेत्र खाली हुने बताइएको छ ।  

 प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले स्थानीयहरुको अवस्थालाई मध्यनजर राख्दै निकै प्रयास तथा काउण्टर पार्टस संगको सहकार्यको कारण बन्जरहा देखि दक्षिण दशगज्जामा एकतर्फी रुपमा भरतीय सरकारद्धारा निर्माण गरिएको बाँधको सन्दर्भमा दुवै देशका सर्वेयर टोलीद्धारा सिमा छुट्याइएको बताए । भारतीय पक्षको नेतृत्व गरेका ढाकाको एसडिएम ज्ञानप्रकाशले दशगज्जाको दयाँबाँया ९ मिटर भित्रमा पर्ने बाँधलाई तुरुन्तै हटाउने कुरा स्वीकार गरेको भएपनि समय सिमा नतोकेको बताए ।

 भारतीय पक्षद्धारा करिव २०० मिटर सिमा क्षेत्र अतिक्रमण भएको स्वीकार गर्दै चाँडै खाली गराउने प्रतिबद्धता जनाएको हुँदा सोही अनुरुप नेपाली सुरक्षाकर्मीहरुलाई समय समयमा उनीहरु संग सिधा सम्पर्कमा रहेर अविलम्ब सिमाको अतिक्रमण हटाउने तर्फ यथोचित कदम चाल्न निर्देशन दिएको जानकारी दिए ।

Comments

Popular posts from this blog

बाहुन वा ब्राह्मण मानिसहरू र बाहुन मानिसहरूको उत्पत्ति । Bahun or Bhraman People's and Origin of Bahun People's

बाहुन बाहुन (नेपाली: बाहुन) वा खस ब्राह्मण (नेपाली: खस ब्राह्मण) वा नेपाली ब्राह्मण (उपाध्याय र जैशी) खास मानिसहरू मध्ये एक जाति (वर्ण) हुन्, जसको उत्पत्ति नेपालका भारतीय-आर्यका हुन्।  २०११ को जनगणना अनुसार क्षेत्री पछाडि ब्राह्मण / बाहुन दोस्रो सबैभन्दा ठूलो जनसंख्या समूह हो। १८५४ मुलुक ऐन (नेपाली कानूनी संहिता) अनुसार बहुनहरु  धार्मिक धागा बोक्ने (तागाधारी) र दुई पटक जन्मे हिन्दुहरुको बीचमा जाति मानिन्थ्यो। बाहुनहरूको उत्पत्ति परम्परागत रूपमा बहुन (जसलाई "खस ब्राह्मण" भनिएको छ) क्षेत्रीहरू (खास क्षत्रिय) सँगसँगै खस समुदायका सदस्यहरू थिए। सम्भवतः खासा मल्ल राज्यको राजनीतिक शक्तिका कारण खास बाहुन र खास राजपूत आदिवासी सादा ब्राह्मण र राजपूतहरूको रूपमा उच्च सामाजिक ओहदा थियो।  अहिलेको पश्चिमी नेपाल।बहुँनहरु, क्षेत्रीको साथ माथिल्लो वर्गको खासा समूहका रूपमा लिइन्छ, जसलाई प्रायः गोरखा राज्यसँग सम्बद्ध थियो। बाहुन (क्षेत्रीसँग) खास गरी खासाको आदिवासी पदवीनको रूपमा लिइन्छ, जसलाई निम्न पेशागत खास जातिको भन्दा धेरै जसो प्रसङ्गमा भनिएको छ  कामी, सार्की, आदि । कुल र उपनामहरू ब...

खस व्यक्ति, खस मानिसहरूको उत्पत्ति, खस मानिसहरूकोई इतिहास । Khas People's , Origin and History of Khas People's

खास व्यक्ति (नेपाली: खस) जसलाई खस आर्य पनि भनिन्छ (नेपाली: खस आर्य) भारतीय उपमहाद्वीपमा जन्मजात एक भारतीय-आर्य जातीय-भाषिक समूह हो, जुन अहिलेको नेपाल र भारतको उत्तराखण्ड (कुमाऊँ गढवाल) हो।  हिमाचल प्रदेश र जम्मू कश्मीर।  खास मानिसहरूले खस भाषा बोल्छन्।  तिनीहरू पनि Parbatiyas, Parbates र Paharis / पहाडे वा गोरखली भनेर चिनिन्छन्।  खास गरी अब खास शब्द टुङ्गिएको छ । किनभने खास व्यक्तिहरूले खास खाज भन्ने शव्दसँग सम्बन्धित नकारात्मक रूढीका कारण बाहुन र क्षेत्री जस्ता सांप्रदायिक पहिचानलाई अपनाएका छन।   यद्यपि १९९०  को दशकदेखि खस भन्ने शब्दले नेपाली पहिचानको राजनीतिमा लोकप्रियता हासिल गरिसकेको छ, खास गरी खासको रूपमा वर्गीकृत धेरै जातिले आफूलाई खास गरी आफूलाई पहिचान नगर्न सक्छ।  चुनावी समुदायका लागि नेपाललाई खास खाल आर्य मान्नु पर्दछ। खस मानिसहरूको उत्पत्ति ती पुरानो हिन्दू साहित्यहरूमा उल्लेख गरिएको खससँग जोडिएका छन्। हिस्टोरियन बालकृष्ण शर्मा र दोर बहादुर विष्टले खस वा कुस मानिसहरू इन्दो-आर्य मूलका थिए भन्ने अनुमान लगाएका छन्। हिस्टोरियन बाबुराम आचार्य...

नेपालमा जातिको इतिहास । History of Caste System in Nepal

नेपाली जाति प्रणाली नेपालको सामाजिक स्तरीकरणको परम्परागत प्रणाली थियो।  नेपाली जाति प्रणालीले चारवटा सामाजिक वर्ग वा वर्ण: ब्राह्मण, क्षत्रिय, वैश्य, सुद्रा जस्ता शास्त्रीय हिन्दू चतुर्वर्णश्रम मोडेललाई व्यापक रूपमा उधारो लिन्छ। जाति प्रणालीले सामाजिक वर्गलाई धेरै श्रेणीगत अन्तर्जात समूहहरूले अक्सर जाट भनेर परिभाषित गर्दछ।  यो प्रथा परम्परागत रूपमा केवल खास खास, मधेसी र नेवारहरूको हिन्दू-आर्य समाजमा मात्र प्रचलित थियो। तर १८औं शताब्दीमा नेपालको एकीकरण भएदेखि नै नेपालका विभिन्न गैर-हिन्दू आदिवासी जनजाति र जनजातिहरू, जसलाई पहिले "मातवालिस" (मदिरापान गर्नेहरू) भनिन्थ्यो र अब "आदिवासी / जनजाति" (आदिवासी / राष्ट्रियता) भनेर चिनिन्छ।  विभिन्न श्रेणीको सफलताको जात पदानुक्रम भित्र।  प्यान-हिन्दू सामाजिक संरचनामा राज्यले जबरजस्ती एकीकरण गरे पनि परम्परागत रूपमा गैर-हिन्दू समूह र जनजातिले जातीय प्रथाको रीतिथिति र प्रचलनहरूको पालना गर्नु आवश्यक छैन। परम्परागत जाति प्रणाली जात-उत्पत्ति पहाडी पार्बटिया हिन्दू समूहहरू : जाति-मूल पहाडी हिन्दू वा खास समूहहरूको सामाजिक संरचना सरल छ, ...